Logo

२० फाल्गुन २०८२, बुधबार

  • Uncategorized
  • अस्थाई प्रहरी पोष्ट बसडिलवा स्थापना गर्न माग

अस्थाई प्रहरी पोष्ट बसडिलवा स्थापना गर्न माग

अस्थाई प्रहरी पोष्ट बसडिलवा स्थापना गर्न माग

२२ माघ २०८२, बिहीबार ०३:१२
२२ माघ २०८२, बिहीबार ०३:१२

भैरहवा, २२ माघ । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित अस्थायी प्रहरी पोष्ट, बसडिलवामा नवनिर्मित भवनमा मेश उद्घाटन तथा परिचय अन्तरक्रिया कार्यक्रम गरिएको छ । मेस उद्घाटनका साथै परिचय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

मेसको बुधबार प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका–८ का वडाअध्यक्ष चोक बहादुर थापाले शान्ति सुरक्षा काम गर्नका लागि विगतमा यहाँका नागरिकले प्रहरी पोष्ट स्थापना हुनुपर्छ भन्ने माग राख्नुभयो गरेको स्मरण गर्नुभयो । उहाँले अस्थायी प्रहरी पोष्टलाई अब स्थायी बनाउनुपर्ने माग राख्नुभयो । ‘अब यहाँ स्थायी प्रहरी पोष्ट स्थापना हुनुपर्छ भन्ने माग रुपन्देही प्रहरी प्रमुखसँग राख्दछु । भवन निर्माण लगायतका लागि सहयोग गर्नेछौं, ’वडाअध्यक्ष थापाले वडाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud