Logo

२० फाल्गुन २०८२, बुधबार

  • Uncategorized
  • उपेन्द्र यादवले भैरहवा आएर भने- जनताको अधिकार मधेश हक अधिकार

उपेन्द्र यादवले भैरहवा आएर भने- जनताको अधिकार मधेश हक अधिकार

उपेन्द्र यादवले भैरहवा आएर भने- जनताको अधिकार मधेश हक अधिकार

११ फाल्गुन २०८२, सोमबार ११:००
११ फाल्गुन २०८२, सोमबार ११:००

भैरहवा– जनता समाजवादी पार्टी नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्दा र मधेशी जनताको हकअधिकारको विषयमा मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन्द्र शाह (बालेन)  कहाँ हुनुहुन्यो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको दाबी गर्नुभयो

संविधान संशोधन, प्रदेश र स्थानीय तहलाई स्रोत साधान हस्तान्तरण गरि अधिकार सम्पन्न बनाउने, गरिबी बेरोजगारी हल गर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक बिकास र समृद्धिका मुद्दा लिएर जसपा नेपाल अहिलेको चुनावमा जनतामाझ गएको यादवले बताए ।राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन, ’उहाँले भन्नुभयो ।

बहुदलीय व्यवस्था आएको लामो समयसम्म भ्रष्टाचार नियन्त्रण, सुशासन, उद्योग, कृषि, स्वास्थ्य लगायतका कुनै पनि क्षेत्रमा सुधार हुन नसक्दा जनतामा नैराश्यता र बितृष्णा पैदा भएको भनाइ उनको थियो । ‘काँग्रेस र एमालेले लामो समयसम्म सरकारको नेतृत्व गरेको अवस्थामा बरु निजीकरण र आर्थिक उदारीकरणको नाममा स्वदेशी उद्योग कलकारखाना बेचिन पुग्दा जनता आक्रोशित हुन पुगे’, उनले भने ।मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउण्ड रियालिटी त्यस्तो देखिदैन, ’अध्यक्ष यादवले भन्नुभयो ।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud