रुपन्देही, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र गति बनाएको छ । सो पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पौडेल क्षेत्र नम्बर २, केन्द्रीय सदस्यहरु दधिराम न्यौपाने क्षेत्र नम्बर १, खिमलाल भट्टराई क्षेत्र नम्बर ५, प्रभावशाली नेताहरु बासुदेव घिमिरे क्षेत्र नम्बर ३ र प्रमोद कुमार यादव क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा पार्टी र आफ्ना योजनासहित चुनाव जित्ने दाबी गरेका छन्।

हरेक क्षेत्रमा अधिकांश वडा तहका निर्वाचन कार्यालय सञ्चालन, विभिन्न भातृ संगठनको भेला, विभिन्न जिल्लामा रहेका सम्पर्क कमिटीहरुको भेला सकेर उनीहरु आन्तरिक तयारीमा लागेका हुन् । सबै क्षेत्रहरुमा निर्वाचन परिचालन कमिटी बनाएर काममा खटाइएको र दैनिक ती कमिटीको योजनामै अब निर्वाचनको पूर्ण तयारीमा हामी सबै एकजुट भएर लागेको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे बताउनुभयो। ।








