Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • कन्हैया बनिया प्रदेश संसद बाटा राजीनामा दिए

कन्हैया बनिया प्रदेश संसद बाटा राजीनामा दिए

कन्हैया बनिया प्रदेश संसद बाटा राजीनामा दिए

५ माघ २०८२, सोमबार १४:५६
५ माघ २०८२, सोमबार १४:५६

लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बानियाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०७९ सालको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपन्देही निर्वाचन क्षेत्र नं. ४ (१) बाट निर्वाचित बानियाले आइतबार औपचारिक रूपमा राजीनामा दिनुभएको हो।

राजीनामा पश्चात उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भई रुपन्देही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
बानियाले राजनीतिक यात्रामा नयाँ विकल्प र परिवर्तनको आवश्यकतालाई मध्यनजर गर्दै यो निर्णय लिएको बताउनुभएको छ। उहाँको यस निर्णयले रुपन्देहीको राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud