रुपन्देही, १४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा), नेपाल शुद्धोदन गाउँपालिका, रुपन्देहीले अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट छलफल कार्यक्रम गरेको छ ।

कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई थप मजबुत बनाउँदै फागुन २१ गत निर्वाचनमा जसपा नेपाललाई विजयी गराउन सबैलाई एकताबद्ध भएर अगाडि बढ्ने सबै साथीहरूलाई हामी एकजुट भएर अगाडि बढे भने हामीले चुनाव जित्न सकिन्छ आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले मुलुकमा युवाको सहभागीता, रोजगारी सिर्जना र खेलकुद क्षेत्रको समग्र विकासका लागि जसपा नेपालले स्पष्ट नीति लिएको बताउनुभयो । उहाँले जनताको अधिकार, सुशासन र समावेशी विकासको एजेण्डा बोकेको जसपा नेपाललाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयो ।








