पत्रकार महासंघका पूर्वसभापति एवं फ्रिडम फोरमका कार्यकारी निर्देशक तानाराथ दाहालले सरकारले ल्याएको सामाजिक सञ्जालको सञ्चालन र प्रयोग तथा नियमनसम्बन्धी विधेयक पुनर्लेखन गर्नुपर्ने बताएका छन्।
सेतोपाटीसँगको कुराकानीमा दाहालले सरकारले ल्याएको विधेयकले अभिव्यक्ति स्वतन्त्रता खतरामा पर्ने बताए।








