Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • दोस्रो अन्तर-बैंक फुटसल प्रतियोगिता : हिमालयन र नबिल विजयी

दोस्रो अन्तर-बैंक फुटसल प्रतियोगिता : हिमालयन र नबिल विजयी

दोस्रो अन्तर-बैंक फुटसल प्रतियोगिता : हिमालयन र नबिल विजयी

२२ मंसिर २०८२, सोमबार ०२:४०
२२ मंसिर २०८२, सोमबार ०२:४०

बुटवल, २२ मंसिर । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सिद्धार्थनगर समितिको आयोजनामा दोस्रो अन्तर–बैंक फुटसल प्रतियोगिता–२०८२ रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ हिमालयन बैंक विजेता भइ ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको । त्यस्तै उपविजेता भएको राष्ट्रिय वाणिज्य बैंकले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

महिलातर्फ नबिल बैंक विजेता बन्दा एनआईसी एसिया बैंक उपविजेता बनेको छ । नबिलले २५ हजार रुपैयाँ र एनआईसी एसियाले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
‘एकता, खेल भावना तथा वित्तीय सचेतना’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा २४ पुरुष र ६ वटा महिला टोलीको सहभागीता थियो ।


व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई जनही ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसै गरी क्वार्टरफाइनलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याच पुरस्कार वितरण गरिएको थियो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूबाट एक गोलरक्षक, एक स्ट्राइकर र तीन अल–राउण्डरसहितको ‘ड्रीम फाइभ’ टोली एम्पायर प्यानलले छनोट गरी घोषणा गरेको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजक शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सह–प्रायोजक ग्लोबल आइएमई बैंक, नबिल बैंक र गरिमा विकास बैंक थिए । पावरबाइ अस्ले इनर्जी जुस, सहयोगी प्रभु बैंक, बीमा साझेदार नेको इन्स्योरेन्स, अस्पताल साझेदार चौराहा हस्पिटल, मिडिया साझेदार लुम्बिनी टेलिभिजन तथा ग्राफिक्स साझेदार एके ग्राफिक्स रहेका थिए ।

प्रतियोगिताको समापन समारोह समितिका अध्यक्ष पदम राज भुसालको अध्यक्षता, नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक रमेश आचार्यको प्रमुख अतिथि, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समिति अध्यक्ष रामहरि घिमिरे तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । सन्दीप रसाईलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud