
परासी, २० पुस। मुस्लिम समुदायको धार्मिक स्थल मस्जिदमा तोडफोड र पवित्र धर्मग्रन्थ कुरान मजिद जलाईएको घटनालाई मुस्लिम संघसंगठनहरुले चर्को बिरोध जनाएका छन। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भाडन खोज्ने यस्तो निन्दनीय कार्यको घोर भत्सर्ना गर्दै दोषीहरुलाई नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कार्वाहीका लागि सरकार सङ जोडदार माग गरेका छन।
शनिबार धनुषा जिल्लाको सखुवाको एक मस्जिदमा अराजक ब्यक्तिका एक समुह मस्जिदमा अनाधिकृत रुपमा प्रवेश गरि मस्जिदमा तोडफोड गर्दै इस्लाम धर्मको पवित्र धर्म ग्रन्थ कुरआन मजिद सहित विभिन्न पवित्र किताबहरु बाहिर झिकी जलाएपछी यसको स्थानीय र राष्ट्रियय स्तरमा चर्को बिरोध भैरहेको छ। आज उक्त घटनाको घोर भत्सर्ना गर्दै ओल्मा फाउन्डेसन नेपालले प्रेस बिज्ञपति जारी गर्दै घटनाको तत्काल, निष्पक्ष र उच्चस्तरीय छानबिन गरि दोषीहरुलाई कानुनी कठघरामामा उभ्याई कार्वाही गर्न माग गरेको छ।

फाउन्डेसनका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसैनको हस्ताक्षरबाट जारी प्रेस बिज्ञप्तीमा उक्त घटना अत्यन्तै गम्भीर, अमानवीय र निन्दनीय रहेको र सो घटना प्रती गहिरो दुःख तथा कडा आक्रोश व्यक्त गरिएको उल्लेख गरिएको छ। मस्जिदमा आगजनी गर्नु, पवित्र कुरआन जलाउनु तथा मुस्लिम समुदायका निर्दोष नागरिकका घरहरूमा लुटपाट र तोडफोड गर्नु खुला रूपमा नेपालको संविधान, कानूनको शासन, धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावमाथिको जघन्य आक्रमण रहेको फाउन्डेसनको दावी छ । यो घटना कुनै साधारण आपराधिक क्रियाकलाप नभई योजनाबद्ध साम्प्रदायिक अपराध हो, जसले देशको शान्ति, सहअस्तित्व र राष्ट्रिय एकतालाई गम्भीर रूपमा खतरामा पारेको छ भने नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको हक, समानताको सिद्धान्त तथा मानव अधिकारको उल्लङ्घन समेत रहेको बिज्ञप्तीमा उल्लेख छ।
यस्तो निन्दनीय घटनाको देशभर सामाजिक सन्जाल, प्रेस बिज्ञपति मार्फत बिरोध भैरहेको छ भने धनुषामा स्थानीय मुस्लिमहरुले बिरोध प्रदर्शन समेत गरिरहेका छ्न। आउदा दिनम यस्तो घटनाहरु न दोहोरिन, घटनामा सन्लग्न दोषीलाई काडा कार्वाही गर्न र देश धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव सहित शान्ति कायम गराउन उनीहरुको सरकार सङ माग रहेको स्थानीयले बताएका छन।
देशमा सामाजिकता कायम गर्न, धार्मिक सहिष्णुता कायम गर्न र सबै धर्मको सम्मान सहित देशमा अमन चयन र शान्ती कायममा
सम्पूर्ण शान्तिप्रिय नागरिक, नागरिक समाज,मानवअधिकारकर्मी तथा सञ्चारमाध्यमहरूलाई यस घटनाविरुद्ध एकजुट भई आवाज उठाउन मुस्लिम संघसंगठनले आग्रह समेत गरेका छन।








