Logo

२० फाल्गुन २०८२, बुधबार

  • Uncategorized
  • निर्वाचनलाई भड्किलो र खर्चिलो सञ्जाललाई जिम्मेवार नबनाऔं’

निर्वाचनलाई भड्किलो र खर्चिलो सञ्जाललाई जिम्मेवार नबनाऔं’

निर्वाचनलाई भड्किलो र खर्चिलो सञ्जाललाई जिम्मेवार नबनाऔं’

२३ माघ २०८२, शुक्रबार ०२:२६
२३ माघ २०८२, शुक्रबार ०२:२६

भैरहवा, २३ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा दल तथा तिनका उम्मेदवारहरु आन्तरिक प्रचारप्रसारमा जुटेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु विभिन्न रणनीति बनाएर चुनावी मैदानमा होमिएका छन् ।

सामाजिक सञ्जाल र दर्ता नभएका अनधिकृत युट्युव लगायत्का सोशल मिडियाको माध्यमबाट निर्बाचन आचार संहिताको उलघंनमात्रै होइन आपसी द्वेष बढाउने गतिबिधि हुने गरेकाले अनुगमन गरी जिम्मेवार बनाइन जरुरी छ’ नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा सञ्चारकर्मी दिनेश पाण्डेले भने, ‘यस्ता गतिबिधिमाथि निगरानी गरी कारवाही प्रकृयालाई अगाडि बढाउनु पर्छ जानकारी गराउनुभयो

’निर्वाचन नजिकदै गर्दा दल तथा उम्मेदवारले आंचारसंहिता उल्लंघन गर्न सक्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिताबारे उम्मेदवार तथा सरोकारवालालाई सचेत बनाएको छ । कार्यालयले सर्वपक्षीय तथा सर्वदलीय अन्तरक्रिया गर्दै निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले आयोगले जारी गरेको निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक दल, उम्मेदवारसहित सरोकारवाला सबै निकायले आचारसंहिता पालना गर्दै निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आग्रह गर्नुभयो । ‘पालना नगरिएमा उम्मेदवारी नै खारेज हुनेसम्मको दण्ड जरिवानाको प्रावधान छ’ मुख्य निर्वाचन अधिकृत बस्नेतले भन्नुभयो–‘निर्वाचनलाई भड्किलो र खर्चिलो नगर्ने आग्रह गर्नुभयो।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud