Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • नेपाल प्रहरी श्रीमती संघद्वारा बालगृहमा तथा खाद्यान्न वितरण

नेपाल प्रहरी श्रीमती संघद्वारा बालगृहमा तथा खाद्यान्न वितरण

नेपाल प्रहरी श्रीमती संघद्वारा बालगृहमा तथा खाद्यान्न वितरण

१५ माघ २०८२, बिहीबार ०९:३०
१५ माघ २०८२, बिहीबार ०९:३०

भैरहवा, १५ माघ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाडौंको आयोजनामा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनी रोडस्थित सिद्धार्थ बाल गृहमा संघले उक्त कार्यक्रम गरेको हो ।

संघको अध्यक्ष नविना खत्री कार्की र लुम्बिनी प्रदेश अध्यक्ष पूजा खत्रीले बालगृहको सञ्चालक कृष्णमाया गुरुङलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थिए। त्यस्तै अध्यक्ष खत्री कार्कीले आश्रममा रहेका बालबालिकालाई भोजन प्रदान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै उहाँले आश्रममा सहयोग गर्न पाउँदा आनन्दको अनुभुति भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको आयोजना गर्ने अवसर प्रदान गरेको भन्दै सिद्धार्थ बालगृह र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख जनक बहादुर शाहीप्रति उहाँले आभार व्यक्त गर्नुभयो । नेपाल प्रहरी श्रीमती संघले आश्रम, बाढीप्रभावित लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । संघले यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने बताउनुभयो ।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud