Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • पक्लिहवामा एक लाख राशीको प्रथम भैरव युवा क्लब नकआउट फुटबल प्रतियोगिता हुन गइरहेको छ

पक्लिहवामा एक लाख राशीको प्रथम भैरव युवा क्लब नकआउट फुटबल प्रतियोगिता हुन गइरहेको छ

पक्लिहवामा एक लाख राशीको प्रथम भैरव युवा क्लब नकआउट फुटबल प्रतियोगिता हुन गइरहेको छ

१८ मंसिर २०८२, बिहीबार १२:३६
१८ मंसिर २०८२, बिहीबार १२:३६

भैरहवा– पक्लिहवा माध्यामिक बिद्यालय सिद्धार्थनगरका बिपन्न बिद्यार्थीहरुको सहयोगामा प्रथम भैरव नक आउट फुटबल प्रतियोगिता’ सञ्चालन गरिएको छ । श्री भैरव युवा क्लब तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, रानी गाँउको आयोजनामा उक्त प्रतियोगिता यही मंसिर २० देखि २७ गतेसम्म सञ्चालन हुन भएको छ ।

क्लबले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्लबका सल्लाहकार तथा समाजसेवी युवा सुशील गुरुङले लामो समयदेखि भैरहवा क्षेत्रमा हुन नसकेको राष्ट्रिय स्तरको गोल्डकप निकट भविष्यमा आयोजना गरी नगरलाई खेलको जगतमा उष्टकृत व्यावसायिकताजस्ता विषयसँगै सम्बन्धित खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता र विकासको सम्भावनामा आधारित भएर निर्णय गर्न सके त्यो दिगो र प्रभावकारी हुन सक्छ। र बचेको रकमबाट स्थानीय पक्लिहवा माविका जेहेन्दार र विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।

ठुटीपिपल युवा क्लब, ठुटीपिपल ओमसतिया र मोन्सस्टर गाइज सुनवल, नवलपरासी टिमको सहभागिता रहने छ

विजेता टिमले नगद १ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, गोलकिपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले नगद ७ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आोजकले जानकारी दिनुभएको छ।

प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जसमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालयले सहकार्य गर्दै ५ लाख रुपैयाँ सहयोग गरिएको छ । बाँकी रकम स्वदेश र विदेशका इच्छा हुने व्यक्तिहरू सहयोग गरेको जानकारी गराउनुभयो खेलप्रेमी, उद्योगी व्यवसायी तथा टिकट विक्रीबाट प्राप्त गरिने थापाले जानकारी दिनुभयो।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud