
भैरहवा, २१ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित पक्लिहवा माध्यमिक विद्यालयको खेलमैदानमा शनिबारदेखि ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता–२०८२’ सुरु भएको छ । श्री भैरव युवा क्लब नयाँ गाउँ, रानी गाउँको आयोजना तथा सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा भएको प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुन भएको छ ।

आयोजना तथा सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा भएको प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजक भैरव युवा क्लब पक्लिहवा, सिद्धार्थनगर र सम्पुर्ण युवा क्लब सुपौली, तिलोत्तमाबीच भएको उद्घाटन खेलमा सम्पुर्ण युवा क्लब विजयी भएको छ । आयोजक क्लबलाई टाईब्रेकरमा हराउँदै सम्पुर्ण विजयी भएको हो ।

उक्त खेलमा सम्पुर्णका खेलाडी सरोज पुन म्यान अफ द म्याच घोषित भइ २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नुभयो । पुनलाई प्रतियोगिताको सम्पूर्ण खेलको म्यान अफ द म्याचका प्रायोजक ई–ड्राईभ लुम्बिनीका सञ्चालक राजकुमार गुप्ताले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

भैरव युवा क्लबका सल्लाहकार सुशील गुरुङका अनुसार प्रतियोगिताको विजेता टीमले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ तथा कप, मेडल र प्राप्त प्राप्त गर्नेछन् ।
त्यसै गरी प्रतियोगितामा सर्वोत्तम खेलाडीलाई १० हजार, सर्वोत्तम गोलकिप्पर, सर्वोत्तम डिफेन्डर, सर्वोत्तम मिडफिल्डर र सर्वोत्तम स्ट्राइकरलाई ७ हजार र दैनिक रुपमा उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् । प्रतियोगिताको उपविजेता (रनर अप) टीमको पुरस्कारको सौजन्य रुद्राक्ष मार्टले गरेको छ ।
आयोजकका अनुसार प्रतियोगितामा नेपाल मात्र नभइ मित्रराष्ट्र भारतमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेका पूर्वखेलाडीहरु चेतन गुरुङ, अशोक गुरुङ, किशन थापा, श्याम गुरुङ, अशोक राना (वाङ्ग) र बुद्धिराम नेपालीलाई फुटबलमा योगदान गरेवापत सम्मान गरिनेछ ।








