भैरहवा, ५ फागुन । रुपन्देहीको भैरहवाका १५१ जना युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । कुनै पार्टीमा आबद्ध भएका १५१ युवाहरु राप्रपामा प्रवेश गरेको पार्टी कार्यालयमा जिल्ला रूपन्देही सचिव बलराम शर्माले जानकारी दिनुभयो।

सोमबार भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राप्रपाकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गौरव बोहरा, पार्टीको केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा लगायतले युवाहरुलाई स्वागत गर्नुभएको हो ।

सो अवसरमा बोल्दै युवा नेता तथा उम्मेदवार बोहराले युवाहरुले राप्रपा रोज्ने निर्णय लिनु उपयुक्त र महत्वपूर्ण भएको उनीहरूले आगामी दिनमा पार्टीको सङ्गठन विस्तार र जनताको हितका लागि सक्रिय रूपमा काम गर्ने बताएका थिए । उहाँले यो क्षेत्र र मुलुकको विकास राप्रपाको नेतृत्वमा मात्रै हुन सक्ने दावी गर्नुभयो ।








