Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • मर्चवारी गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन भएको छ

मर्चवारी गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन भएको छ

मर्चवारी गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन भएको छ

४ मंसिर २०८२, बिहीबार ०२:१३
४ मंसिर २०८२, बिहीबार ०२:१३

मर्चवार ।  नेपाल सरकारको मंसिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देहीस्थित मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका राख्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार गाउँपालिकाको केन्द्र पनि वडा नं. ३ रायपुरबाट सारेर वडा नं. ४ खैरा कायम गरिएको छ ।

मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईका अनुसार हाल केन्द्र रहेको वडा नम्बर ३ मा भवन निर्माणका लागि आवश्यक जग्गा नहुँदा गाउँपालिकाको प्रशासनिक भवन निर्माण प्रक्रिया रोकिएको थियो । उहाँले वडा नम्बर ४ मा जग्गा उपलब्ध भए पनि केन्द्र नहुँदा भवन निर्माण अघि बढ्न नसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘म गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको नाम परिवर्तन र प्रशासनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निरन्तर प्रयासरत गरेका थथिएँ । अब निर्णय आएपछि भवन निर्माणको बाटो खुलेको छ । हाल गाउँपालिकाको भवन भाडामा सञ्चालन हुँदै आएको छ । मर्चवारी गाउँपालिकामा ७ वटा वडाहरु छन् । 










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud