Logo

२० फाल्गुन २०८२, बुधबार

  • कभर स्टोरी
  • महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु

महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु

महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु

२२ माघ २०८१, मंगलवार १९:२०
२२ माघ २०८१, मंगलवार १९:२०

परासी-महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएकाे छ।

घाइतेहरू मध्ये मनोहर ठाकुर,सृष्टि ठाकुर,कामनी झा र देवतारण देवी छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।उनीहरू महोत्तरी जिल्लाका हुन्।

बिहारको मुजफ्फरपुरमा दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको हाे।दुर्घटनामा दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको भारतीय न्युज एजेन्सी पीटीआईले जनाएको छ।तीव्र गतिमा रहेको स्करपियो अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयलाई उद्धृत गर्दै विहार मुजफ्फरपुर जिल्लाका प्रहरी उपअधीक्षक विनीता सिन्हाले पीटीआईसँग बताएकी छन्।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud