Logo

२० फाल्गुन २०८२, बुधबार

  • Uncategorized
  • मुलुकको समस्या समाधानको गर्नको लागि प्रतिबद्ध : मोजिब अली

मुलुकको समस्या समाधानको गर्नको लागि प्रतिबद्ध : मोजिब अली

मुलुकको समस्या समाधानको गर्नको लागि प्रतिबद्ध : मोजिब अली

१ फाल्गुन २०८२, शुक्रबार १७:२५
१ फाल्गुन २०८२, शुक्रबार १७:२५

भैरहवा, १ फागुन । राष्ट्रिय जनमुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोजिब अलीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको लागि आफूहरुसँग विशेष किसिमको योजना रहेको बताउनुभयो । उहाँले पार्टीले विमानस्थल सञ्चालन गराउनको लागि हाम्रो पार्टीले विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

शुक्रबार भैरहवामा रुपन्देही–३ को निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन तथा घोषणा–पत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार अलीले भन्नुभयो–‘अहिले क्षेत्र नम्बर ३ को पहिलो समस्या भनेको अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन नहुँदा व्यावसायिक धाराशायिक बनेको छ युवाहरू विदेश जाने बाध्य भएको छन्। विमानस्थल सञ्चालनमा गराउन सके भने युवा हरू रोजगारी सिर्जना हुन सकिन्छ।

मुलुकको समस्या समाधानका लागि प्रतिबद्ध छौं : मोजिब अली


पार्टीका केन्द्रीय सचिव समेत रहनुभएका अलीले यस क्षेत्रका उद्योगी–व्यवसायी, किसान तथा विभिन्न वर्गका समस्याहरु रहेको र ती समस्या समाधानका उपायहरु पार्टीले प्याकेजमै नागरिक सम्बोधन–पत्र (घोषणापत्र) मा राखेको जानकारी दिनुभयो । ‘घोषणापत्रमा समावेश गरिएका विषयहरु सम्बोधन र अक्षरस पालना गर्न हामी इमान्दार छौं । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो स्थापनाकालदेखि घोषणापत्रहरुमार्फत हामीलाई एकपटक मौका दिनुहोस्, यो देशको मुहार फेर्न र विकास गर्न र उहाँको जस्तोसुकै समस्याको समाधान गर्नका लागि प्रतिबद्ध र इमान्दार छौं भन्दै आएका छौं, ’अलीले जानकारी गराउनुभयो।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud