भैरहवा, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले मतदान गर्नुभएको छ । बिहीबार बिहान ८ ः१५ बजे सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा रहेको मतदान केन्द्रमा बोहराले मतदान गर्नुभएको राप्रपाका युवा नेता अजय कुमार गुप्ताले जानकारी गराउनुभयो।

गौरव बोहरा पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता स्वर्गीय दीपक बोहराका सुपुत्र हुनुहुन्छ । २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका थिए।

गौरव बोहरासहित राप्रपाबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार स्वाती थापा लगायतले पनि मतदान गर्नुभएका थिए।








