भैरहवा, ५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार मोजीब अलीले घरदैलो अभियान सुरु गर्नुभएको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू जनता माझ पुगिरहनुभएको छ भने विकासका एजेन्डा बोकेर उम्मेदवारहरू घर घर टोल टोल पुग्न थालेका हुन् यसअघि विभिन्न ठाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिनुभएका उहाँले सोमबारदेखि कार्यकर्तासहित घरदैलो अभियान सुरु गर्नुभएको हो । उहाँले सोमबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बाट घरदैलो सुरु गर्नुभएको हो ।

उहाँले राष्ट्रिय जनमुक्ति पार्टीले अघि सारेको ‘राइट टु कोट’ एजेण्डा अन्य दलभन्दा फरक रहेको दावी गर्नुभयो मुख्य एजेन्डा रहेको । उहाँले चुनावमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयनमा इमान्दार रहने बताउनुभयो । सांसद निर्वाचित भए राष्ट्रिय सहमतिको आधारमा कानून निर्माण गर्दै समग्र विकास र सुशासनमा जोड दिने उहाँको उहाँको भनाइ रहेको छ।








