Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • रोटरी सेन्ट्रल लुम्बिनीले मर्चवारमा आँखा शिविर २५० जना लाई मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य गरेको छ

रोटरी सेन्ट्रल लुम्बिनीले मर्चवारमा आँखा शिविर २५० जना लाई मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य गरेको छ

रोटरी सेन्ट्रल लुम्बिनीले मर्चवारमा आँखा शिविर २५० जना लाई मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य गरेको छ

१८ मंसिर २०८२, बिहीबार १२:०५
१८ मंसिर २०८२, बिहीबार १२:०५

भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको मर्चवारमा आँखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविर संचालन गर्ने लागेको छ । आँखा जाँच र विरामीलाई औषधि वितरण सँगै मोतियाबिन्दुको पनि शल्यक्रिया गर्नेको लागि शिविर संचालनको तयारी गरिएको छ।

क्लबले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जिल्ला रूपन्देही कोटहीमाई गाउँपालिका वडा नम्बर ५, मझगाँवामा रहेको आँखा हस्पिटल निःशुल्क आँखा शिविर संचालन गर्नको लागि । क्लबका अध्यक्ष विष्णु शर्माले सामाजिक उत्तरदायित्व र क्लबको नियमित स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत आँखा शिविर गर्न लागिएको जानकारी दिए । उनका अनुसार अस्पतालको पहुँचमा नपुगेर बिमारीहरूलाई मोतियाबिन्दु उपचार गरी मोतिया बिन्दुका अप्रेसन गर्ने गरी भिन्न कारणले उपचार गर्न नसकेको बञ्चित भएका व्यक्तिहरूलाई यस शिविरले सहयोग पाउने उद्देश्यका साथ मर्चवारबासीलाई घर नजिकै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

यही मंसिर २० गते शनिबार आयोजित उक्त शिविरमा करिब २ सय ५० जनाको मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ । उनले शिविरमा जिल्लाका जुनसुकै स्थानका नागरिकले सहभागी भएर आँखा जाँच र मोतियाविन्दु देखिए शल्यक्रिया गर्न सक्ने बताए । सामाजिक क्षेत्रमा निरन्तर गतिविधि गरिरहेको सेन्ट्रल लुम्बिनीले उक्त शिविरमा सहभाी हुन सबैलाई आग्रह गरेको छ ।

‘आँखा जाँच गराउन आउने चार–पाँच सय जना पनि हुनसक्नुभयो । तर, हामीले मोतियाविन्दुको शल्यक्रियालाई बढी फोकस गरेकाले समस्या देखिएका विरामीलाई लाभ उठाउन अनुरोध गर्दछु’, अध्यक्ष शर्माले भने । उनका अनुसार यो वर्ष कम्तिमा २ सय ५० जनाको मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ । यदि उक्त शिविरमा लक्ष्य नपुगे अन्य ठाउँमा निःशुल्क शिविर गरेर भए पनि लक्ष्य पूरा गरिनेछ ।

आँखा शिविरका लागि भैरहवा लुम्बिनी नेत्रालय प्रा लि प्राविधिक सहयोग गरेको छ । यस्तै, एभरेष्ट बैंक लिमिटेडले सहप्रायोजन गरेको छ । लुम्बिनी नेत्रालयका संचालक तथा चिकित्सक डाक्टर हिरा शाहले लुम्बिनी प्रदेशमा मोतियाविन्दुका विरामीको संख्या करिब १२ हजार देखि ३० हजारसम्मरहेको तथ्यांकले बताएको जनाए । उनले त्यसमा पनि मर्चवार, सीमा क्षेत्रमा समस्या बढी देखिएको जनाए । यसैले नेत्रालयले रोटरी क्लबसँग सहकार्य गरी ५० प्रतिशत छुटमा प्राविधिक सहयोग गरेको जनाए । उनले विरामीले भने निःशुल्क सेवा पाउने जनाए । समयमै आँखा जाँच र समस्या देखिए उपचार गर्न उनको सुझाव रहेको छ ।

क्लबका पूर्वअध्यक्ष तथा शिविर संयोजक प्रेम शर्मा लोहनीले क्लबको उद्देश्य मोतियाबिन्दु विरामीहरुको संख्या घटाउँने लैजानु आवश्यकता छ । शिविर र सचेतना कार्यक्रमले सके सम्म न्युनिकरण गर्ने नसके समयमै उपचार गर्ने बानीको लाग्ने छ विकास गर्न क्लब लागि परेको उहाँको भनाई छ । क्लबका सचिव बासु बडालले आँखा पहिलो ज्योति भएकाले निकै ख्याल गर्नुपर्ने बताए । सानो लापरबाहीले भोलिका दिनमा आँखा देख्नै नसक्ने अवस्था आउन सक्ने जनाउँदै शिविरमा निःशुल्क सेवा लिन सबैमा हार्दिक अनुरोध गर्नुभयो । आँखा शिविरका अर्का संयोजक गंगाधर भण्डारीले मोतियाविन्दुको समस्या भएका विरामीलाई २० गतेको शनिबार बिहान ८ बजे शिविरमा सहभागी भई लाभ लिन आग्रह गर्नुभयो। लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले सामाजिक क्षेत्रमा रोटरी क्लबले खेलेको भूमिका सह्रानीय रहेको बताउनुभयो










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud