
भैरहवा, २३ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित लक्ष्मीनगरमा सडक क्षेत्राधिकारभित्रका घर पर्खाल हटाउनको लागि चलाइएको डोजर । मंगलबार बिहानदेखि सडक क्षेत्राधिकारभित्र रहेका घर, टहरा, पर्खाल भत्काउन तोडफोड गर्न सुरु गरिएको डोजर

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले करिब २ किलोमिटर सडक निर्माण (सडक विस्तार) का लागि संरचना हटाउन सुरु गरिएको बताउनुभयो । उहाँले मंगलबार १५ वटा बढी घरमा डोजर चलाइएको जानकारी दिनुभयो । आज १५ वटा बढी घरमा डोजर चलाएर संरचनाहरु हटाइएको उहाँको भनाई रहेको छ

अध्यक्ष यादवका अनुसार सडक फराकिलो पारी विस्तार गर्न ३ करोड २ लाख रुपैयाँमा निर्माणसम्पन्न गर्ने गरी सम्झौता भएको छ । सडक विस्तारका लागि आज ‘साईट क्लीयरेन्स’ गर्न सुरु गरिएको छ








