Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • स्थानीय सरकारले जिम्मेवारी साथ काम गर्नुपर्नेमा जोड देखाएको छ

स्थानीय सरकारले जिम्मेवारी साथ काम गर्नुपर्नेमा जोड देखाएको छ

स्थानीय सरकारले जिम्मेवारी साथ काम गर्नुपर्नेमा जोड देखाएको छ

१७ मंसिर २०८२, बुधबार ०८:१६
१७ मंसिर २०८२, बुधबार ०८:१६

भैरहवा, १७ मंसिर । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्थानीय तह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच अन्तरक्रिया (सहकार्य) कार्यक्रम सम्पन्न भएको छ । मन्त्रालयको सहजीकरण तथा कोटहीमाई गाउँपालिकाको आयोजनामा स्थानीय तहका कार्यक्रम कार्यान्वयन पक्षलाई थप प्रभावकारी गराउने सहजीकरणसम्बन्धी जानकारी दिनुभएको थियो

कार्यक्रममा बोल्नुहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप–सचिव दिपक ढकालले संघीयताले प्रदान गरेका अधिकारलाई उपयुक्त रूपमा कार्यान्वयन गर्दै स्थानीय सरकारहरूले दायित्व अनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्ने जोड दिनुभयो आवश्यकता औंल्याउनुभयो ‘संघीयतामा सबैभन्दा शक्तिशाली सरकार स्थानीय सरकार हो । उहाँले भन्नुभयो–‘संघ तथा प्रदेश सरकारबाट प्रवाह हुने सेवा पनि स्थानीय सरकार मार्फत नै जनता जनताका नै लागि भएकाले स्थानीय सरकार सबैभन्दा बढी विश्वसनीय हुनु पर्छ आवश्यक छ ।’

उप–सचिव ढकालले स्थानीय तहबाट जनतालाई प्रदान गरिने सेवा र व्यवहार नै समग्र सरकारको अनुहार झल्किने बताउनुभयो । ‘स्थानीय सरकार जनमुखी बन्न सके संघ र प्रदेश सरकारको काम सकारात्मक रूपमा जनतासामु प्रस्तुत हुन्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले संघीय सरकार मातहतका मन्त्रालयबाट समयमै निर्देशन नआउँदा धेरै काम अलमलमा पर्ने गरेको बताउनुभयो । विशेष गरी कारवाही तथा अनुसन्धानसम्बन्धी पत्र–व्यवहारमा तोकिएको निर्देशन नआएर समस्या दोहोरिने गरेको उहाँले जानकारी दिनुभयो । साथै आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाले चालुतर्फ ९६.४ प्रतिशत तथा पूँजीगततर्फ ७१.१७ प्रतिशत बजेट खर्च गर्न सफल भएको उहाँले जानकारी गराउनुभयो










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud