
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा नगर स्तरीय वक्तूकला प्रतियोगिता आयोजनामा अन्तरविद्यालय निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता मिति २०८२÷०९ २५ गते भव्य, मर्यादित तथा अनुशासित वातावरणमा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ भैरहवा नमुना माध्यमिक विद्यालयको प्रागणमा आयोजित उक्त कार्यक्रम आयोजना गरिएको छ

प्रमुख अतिथि इस्तियाक अहमद खा पृथ्वीनारायण शाहको गतिशील नेतृत्व, रणकौशल तथा दिव्य उपदेशको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा राष्ट्र प्रेम, अनुशासन, नैतिकता र कर्तव्यबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले राष्ट्र निर्माण, राष्ट्रिय एकता प्रवद्र्धन तथा युवा पुस्तामा सकारात्मक सोच विकासका लागि यस्ता शैक्षिक तथा बौद्धिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको स्पष्ट पार्नुभयो ।यस प्रकारका सिर्जनात्मक तथा बौद्धिक प्रतियोगिता मार्फत विद्यार्थीहरूमा राष्ट्रप्रेम, इतिहास प्रतिको सम्मान र राष्ट्रिय एकताको भावना थप अभिवृद्धि हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रतियोगितामा आर्या पब्लिक स्कूलको हृदय रघुंवशी प्रथम, बेलहिया माध्यमिक विद्यालयको पूजा वि.क. द्वितीय, आर्या पब्लिकैकै शुभाञ्जली भट्टराई तृतीय र भानु माध्यमिक विद्यालयको करिश्मा ओली र सुसंस्कृत माविको जिशान्त रसालीले सान्त्वना स्थान हासिल गरेको कार्यक्रम संयोजक बिना भण्डारीले जानकारी दिनुभयो । संयोजक भण्डारीका अनुसार प्रतियोगितामा १२ वटा विद्यालयका १८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पृथ्वी जयन्तीका दिन पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रप्रेम, वक्तृत्वकला र बौद्धिक क्षमताको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा उपसचिव चेतनशील लम्साल, विद्यालय व्यवस्थापक आनन्दप्रसाद गुप्ता, स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष वीरबहादुर शाह तथा विद्यालयका प्राचार्य वासुदेव पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।उक्त प्रतियोगिता आयोजना गरेको समाजका अध्यक्ष हिरा बहादुर शाहले जानकारी दिनुभयो ।








