Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • सिद्धार्थनगरमा फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना

सिद्धार्थनगरमा फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना

सिद्धार्थनगरमा फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना

१३ बैशाख २०८३, आईतवार ०७:४३
१३ बैशाख २०८३, आईतवार ०७:४३

पाभैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरको सरसफाइलाई कडाइ गर्दै सडकमा फोहोर फाल्नेमाथि चेतावनी दिएको छ । नगरपालिकाले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै फोहोर वर्गीकरण गर्न र सडकमा जथाभाबी फोहोर नफाल्न नगरवासीलाई आग्रह गरेको हो ।
पालिकाले अबदेखि कुहिने फोहोर मात्र प्रत्येक दिन संकलन गर्ने जनाएको छ । नकुहिने फोहोरको हकमा भने अर्को सूचना जारी नभएसम्मका लागि आ–आफ्नो घरमै व्यवस्थापन गर्न नगरवासीलाई अनुरोध गरिएको छ l

नगरपालिकाले सडकमा फोहोर फाल्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ । फोहोर नियन्त्रणका लागि नगरपालिकाले सूक्ष्म अनुगमन गरिरहेको बताउँदै सर्वसाधारणलाई समेत निगरानी गर्न आह्वान गरेको छ ।
कसैले सडकमा फोहोर फालेको देखिएमा त्यसको फोटो वा भिडियो खिचेर नगरपालिकालाई उपलब्ध गराउने व्यक्तिलाई उचित पुरस्कार दिइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले फोटो वा भिडियो उपलब्ध गराउने व्यक्तिको विवरण नगरपालिकाले पूर्ण रूपमा गोप्य राख्ने प्रतिबद्धता समेत जनाएको छ ।
यसअघि नगरपालिकाले वडा नं १ स्थित डण्डाखोला किनारमा अव्यवस्थित रूपमा फोहोर फाल्दै आएको थियो । तर, यसबाट प्रदूषण फैलिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत वैशाख ४ गते वातावरण र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी फोहोरमैला व्यवस्थापनको यथोचित प्रबन्ध गर्नू अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि केही दिन फोहोर संकलन प्रभावित भए पनि नगरपालिकाले अहिले नयाँ योजनासहित व्यवस्थापन सुरु गरेको हो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud