यस क्षेत्रको ऐतिहासिक क्रिकेट प्रतियोगीता ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ आगामी वैशाख ८ गतेदेखि १५ गतेसम्म भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालन हुने भएको छ । आयोजक संस्था लुम्बिनी खुकुरी क्लवले आइतबार प्रत्रकार सम्मेलन मार्फत प्रतियोगीताको बारेमा जानकारी दिएको हो ।

क्लबका सचिव ओजश शर्माको आफूहरुको उद्देश्य जिल्ला स्तरबाट धेरै भन्दा धेरै खेलाडी उत्पादन होउन भन्ने रहेको जनाए । क्लबले सधैं खेलकुदलाई प्राथमिकता राखेर प्रतियोगिता आयोजना गर्दै आएको जनाउँदै आगामी दिनमा पनि निरन्तरता दिने उनले जनाए ।
प्रतियोगिताका विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ
क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्मा, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक नन्दन श्रेष्ठको स्वागत मन्तव्य तथा सचिव ओजस शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता रहने छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिने कार्यक्रम संयोजक नन्दन श्रेष्ठले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष उज्ज्वल पोखरेलले खेलकुद क्षेत्रलाई वडा कार्यालयले विशेष प्राथमिकतामा राखेको उल्लेख गरे । यस्ता प्रतियोगिताले खेलाडी उत्पादन टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।








