नवलपरासी।रामग्राम महिला जेसीजले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ।
रामग्राम महिला जेसीज वर्ष २०२६ कि अध्यक्ष बबिता जयसवालकाे अध्यक्षतामा परासी स्थित सिद्धार्थ रेजेन्सीमा टेबल क्यालेन्डर विमोचन भएको हाे।क्यालेन्डर बिमाेचन कार्यक्रममा बर्दघाट सुस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र-२ का सांसद नरेन्द्र गुप्ताले रामग्राम जेसीज पनि एउटा नेतृत्व गर्ने र नेतृत्व सिकाउने संगठन रहेकाेले उक्त संगठनकाे उच्च मूल्याङ्कन गर्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउन सकिने बताए ।
नेपाल लेखापढी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष अर्जुन क्षेत्रीले कार्यक्रममा उपस्थित सबैलाई शुभकामना दिदै महेशपुर भन्सार,रामग्राम स्तुपा विकास तथा उद्योगबाट निस्केका प्रदुषण उचित व्यवस्थापनका लागि निर्वाचित सांसद नरेन्द्र गुप्तालाई ध्यानकर्षण गराए।
रामग्राम महिला जेसीजले विमोचन गरेको क्यालेन्डरमा महिला जेसीजका सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरुका तस्वीरहरू पनि राखिएको छ ।
उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओम प्रकाश अग्रहरी,नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवार लगायतले शुभकामना दिनु भयाे।कार्यक्रम सञ्चालन उमा गुप्ताले गरेकी छन।








