Logo

१ आश्विन २०८३, बिहीबार

  • Uncategorized
  • विद्यालय आसपास सूर्तीजन्य तथा विक्रीवितरणमा रोक लगाउन माग

विद्यालय आसपास सूर्तीजन्य तथा विक्रीवितरणमा रोक लगाउन माग

विद्यालय आसपास सूर्तीजन्य तथा विक्रीवितरणमा रोक लगाउन माग

२५ बैशाख २०८३, शुक्रबार ०९:३९
२५ बैशाख २०८३, शुक्रबार ०९:३९

भैरहवा, २५ वैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगर नगरपालिका समिति, रुपन्देहीले विद्यालय आसपास सूर्तीजन्य, मादक तथा नशाजन्य पदार्थको विक्रीवितरण नियन्त्रण गर्न स्थानीय सरकारसँग माग गरेको छ । प्याब्सन सिद्धार्थनगरले बिहीबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।नगरभित्र धेरै विद्यालयहरु वरपर खुला रुपमा पान, गुट्खा, चुरोट, सूर्तीजन्य, मादक पदार्थ, नार्कोटिक पदार्थ, भेप, हुक्का लगायतका वस्तुहरुको जथाभावी विक्रीवितरण भइरहेको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले बताउनुभयो । ‘झन् चिन्ताजनक कुरा त के छ भने, विद्यालयको पोशाकमै रहेका कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समेत यस्ता वस्तुहरु सजिलै उपलब्ध गराइँदैछ, ’उहाँले भन्नुभयो–‘यसले विद्यार्थीहरुको भविष्य, स्वास्थ्य, अनुशासन र समग्र समाजको नैतिक आधारलाई गम्भीर असर पारिरहेको छ । अभिभावक, शिक्षक तथा सर्वसाधारणबाट बारम्बार चिन्ता र गुनासाहरु आइरहेका छन् । विद्यार्थीहरु कुलतमा फस्ने जोखिम तीव्र रुपमा बढिरहेको छ, जुन भोलिका जिम्मेवार नागरिक निर्माणका लागि ठूलो चुनौती हो ।‘नगरपालिकाबाट यस्ता वस्तुहरुको विक्रीवितरणमा रोक लगाउने नीतिगत व्यवस्था भएको जानकारी भए पनि यसको प्रभावकारी कार्यान्वयन नहुँदा अवस्था झन जटिल बन्दै गएको अध्यक्ष मल्लिकले बताउनुभयो ।प्याब्सन सिद्धार्थनगर समितिले सिद्धार्थनगर नगरपालिकासँग ६ बुँदे माग राखेको छ । विद्यालय वरपर (कम्तीमा १ सय मिटर) सूर्तीजन्य, मादक तथा नशाजन्य पदार्थको विक्रीवितरण पूर्णरुपमा प्रतिबन्ध गर्न कडा कानूूनी व्यवस्था लागू गरिनुपर्ने, नियम उल्लंघन गर्ने पसल तथा व्यवसायीमाथि अनुगमन तथा दण्ड–कारवाहीको व्यवस्था गर्नुपर्ने, विद्यालय पोशाकमा रहेका विद्यार्थीहरुलाई यस्ता वस्तुहरु विक्री गर्नेलाई तुरुन्त कारवाही गर्नुपर्ने, नगर प्रहरी, प्रशासन तथा सम्बन्धित निकायको सक्रिय समन्वयमा नियमित अनुगमन गर्नुपर्ने, विद्यालय, अभिभावक र समुदायसँग सहकार्य गरी जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने र भेप, हुक्का तथा अन्य नयाँ प्रकारका नशाजन्य वस्तुहरुलाई समेत स्पष्ट रुपमा कानूनी दायरामा ल्याउनुपर्ने प्याब्सन सिद्धार्थनगरको माग छ ।ज्ञापनपत्र बुझेपछि नगरप्रमुख खाँले सिद्धार्थनगरमा सुर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाइएको बताउनुभयो । उहाँले नगरपालिकाले अनुगमनलाई अझ प्रभावकारी बनाउने बताउनुभयो । उहाँले विद्यार्थीहरुको भविष्यसँग जोडिएको माग रहेकोले नगरपालिकाले यसलाई गम्भिर रुपमा लिएको बताउनुभयो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud