Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • रुपन्देहीमा २३ लाख अवैध सामान बरामद

रुपन्देहीमा २३ लाख अवैध सामान बरामद

रुपन्देहीमा २३ लाख अवैध सामान बरामद

२९ बैशाख २०८३, मंगलवार ०८:४४
२९ बैशाख २०८३, मंगलवार ०८:४४

भैरहवा, २९ वैशाख । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको टोलीले २३ लाख रुपैैयाँ बढीको अवैध सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य २३ लाख ३ हजार २ सय ३७ रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामानमा कैची, बोईलर कुखुरा, जेन्स टिसर्ट, जाली टोपी, पन्जा, फूल, केरा, चिनी, साडी, खुर्सानी, लेडिज सुट, गाडीमा झुण्ड्याउने झुमर, माला, कान बाली, हार, ब्रासलेट, प्याकिङ प्लाष्टिक, लेडिज सेन्डल, ललिपप मिठाई, धानको बिउ, सिसा, किराना सामान, विभिन्न कस्मेटिक सामान, मोटरसाइकल, लगायत रहेका छन् ।
नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय तथा भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud