भैरहवा, ३० वैशाख । प्रहरीले रुपन्देहीको बुटवलबाट कछुवासहित एकजनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगंज बस्ने ४१ वर्षिय शंकर सुनारलाई एकथान कछुवासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो
बुटवल उपमहानगरपालिका–८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिंडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा शंकर सुनारलाई शंका लागि रोकेर चेकजाँच गर्दा उनको साथबाट १ थान कछुवा फेला परेपछि कछुवा बरामद गरी शंकरलाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीका लागि मंगलबार डिभिजन वन कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।








