नवलपरासीको रामग्राम नगरपालिका–१४ मा रु ५४ लाखको लागतमा सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण गरिदै।सांस्कृतिक भवन तथा सूचना केन्द्र जेठ महिना सम्म सम्पन्न गर्ने गरी रामग्राम नगरपालिका र हडहिया माई सांस्कृतिक भवन निर्माण उपभोक्ता समितिबिच २०८२ पुसमा सम्झौता भएको छ ।हाल सम्म ९५ प्रतिशत भवन निर्माण सम्पन्न गरिसकेको रामग्राम नगरपालिकाका इन्जिनियर ललितनारायण चौधरीले बताए ।
स्वदेशी तथा विदेशी पर्यटक थारु संस्कृति देखेर लोभिने गरेकाे देखेर रामग्राम नगरपालिकाले १४ नम्बर वडामा थारु संस्कृति संरक्षण तथा थारू सांस्कृति प्रवर्द्धनका लागि सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण काम अघि बढाएको हो।
स्वदेशी तथा विदेशी पर्यटकलाई राति बास बस्नका लागि स्थानीय थारु समुदायले होमस्टे निर्माण गरेर सञ्चालनमा ल्याउन शर्तमा साँस्कृतिक भवन निर्माण गर्न लागेका छन्।
रामग्राम नगरपालिका–१४ का वडाध्यक्ष ओमप्रकाश यादवले हडहिया माई मन्दिर तथा पुरातत्त्व सँग सम्बन्धित दुई बिघामा एतिहासिक पोखरीमा विगतका दिनमा बौद्ध भिक्षुहरू विश्राम गर्न आउने गर्थ्ये।
हिन्दु तथा बौद्धधर्म सँग सम्बन्धित रहेकाेले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई ल्याउनका लागि थारु समुदायले आफ्नो कला, सङ्गीत र नृत्य देखाउने उद्देश्यले रामग्राम नगरपालिकाले सांस्कृतिक भवन निर्माण गरेर थारू समुदायलाइ हडहिया माई सांस्कृतिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक प्रसाद चौधरीले बताए।








