हाम्रो समाजकी एक सदस्य उषा विक दिदी विगत केही समयदेखि स्तन क्यान्सर रोगबाट पीडित हुनुहुन्छ।
क्यान्सर जस्तो भयानक रोगसँग लडिरहनुभएकी उषा दिदीको उपचारका लागि ठुलो रकमको आवश्यकता परेको छ। उहाँको परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकाले अब अगाडिको उपचार केमोथेरापी का लागि थप खर्च जुटाउन परिवार असमर्थ भएको छ। तपाईं-हाम्रो सानो सहयोगले उषा दिदीको अमूल्य जीवन बच्न सक्छ।
उहाँलाई निको बनाएर परिवारमा फर्काउनका लागि यहाँहरू सम्पूर्णलाई आफ्नो तर्फबाट गच्छे अनुसारको आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
“सेवा नै धर्म हो।” रकम सानो वा ठुलो हुँदैन, तपाईंले गर्नुभएको थोरै सहयोग पनि उषा दिदीका लागि सञ्जीवनी बुटी बन्न सक्छ। यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि यो पोस्टलाई धेरै भन्दा धेरै सेयर (Share) गरेर सहयोगी मनहरूसम्म पुर्याइदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
धन्यवाद!
उषा विक बचाउ अभियान








