Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • क्यान्सरपीडितलाई आर्थिक सहयोग हस्तान्तरण

क्यान्सरपीडितलाई आर्थिक सहयोग हस्तान्तरण

क्यान्सरपीडितलाई आर्थिक सहयोग हस्तान्तरण

१ श्रावण २०८३, शुक्रबार १४:५१
१ श्रावण २०८३, शुक्रबार १४:५१

क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
भैरहवा, १ साउन । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले बुधबार सिद्धार्थनगर नगरपालिका–८ निवासी लक्ष्मी थापालाई उहाँको घरमै पुगेर ३१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
क्यान्सर लागेर उपचार गराइरहनुभएकी थापालाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाका सदस्यहरुबाट संकलित रकम हस्तान्तरण गरिएको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले बताउनुभयो । उक्त रकम पीडित लक्ष्मी थापाको छोरा अजय थापालाई हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष धिरज कुमार मल्लिकले बताउनुभयो ।
रकम हस्तान्तरण गर्न अध्यक्ष सचिन रोक्का, वरिष्ठ उपाध्यक्ष राम मिलन यादव, महासचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष धिरज कुमार मल्लिक, सचिवालय सदस्य राम प्रसाद भण्डारी र कार्यसमिति सदस्य गोविन्द सापकोटा जैसी थापाको घर पुग्नुभएको थियो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud