भैरहवा, २७ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एक वर्षमा झण्डै १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०८२–०८३ मा १७ करोड ९८ लाख ९९ हजार ८ सय १६ रुपैयाँ राजस्व संकलन गरेको हो ।
नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले १७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा झण्डै १८ करोड संकलन भएको बताउनुभयो ।
सूचना अधिकारी ज्ञवालीका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा नगरपालिकाले २४ करोड ९५ लाख लक्ष्य लिएकोमा १४ करोड ३६ लाख राजस्व संकलन गरेको थियो । चालु आ.व. २०८३–०८४ मा नगरपालिकाले २१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ ।
ज्ञवालीले करको दायरा विस्तार, राजस्व प्रशासनलाई प्रभावकारी बनाउने तथा करदातामैत्री सेवा प्रवाहमार्फत चालु आर्थिक वर्षको लक्ष्य हासिल गर्ने गरी काम अघि बढाइएको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाले व्यवसाय कर, एकीकृत सम्पत्ति कर, बसपार्क प्रवेश शुल्क, घरबहाल कर लगायतका शिर्षकमा राजस्व संकलन गर्दै आन्तरिक आय गर्दै आएको छ । घरबहाल कर संकलन गर्न धेरै बाँकी रहेकोले बुझाउन बाँकी कर (राजस्व) दाखिला गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।
सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडाहरु छन्








