Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • श्रमदान गर्न अनेरास्ववियुको टोली पुग्यो सुस्ता

श्रमदान गर्न अनेरास्ववियुको टोली पुग्यो सुस्ता

श्रमदान गर्न अनेरास्ववियुको टोली पुग्यो सुस्ता

२७ श्रावण २०८३, बुधबार १०:५१
२७ श्रावण २०८३, बुधबार १०:५१

भैरहवा, २७ साउन । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा पुगेको छ । शनिबार अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा विद्यार्थी नेताहरु सुस्ता पुगेका हुन् । अनेरास्ववियूको केन्द्रीय नेतृत्वको टोलीले सुस्ता पुगेर दिनभर स्थानीयसँगै अस्थायी तटबन्ध निर्माणमा श्रमदान गरेको हो ।
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य सागर न्यौपानेले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि उक्त बाँध पुर्ननिर्माणमा श्रमदान गरिएको बताउनुभयो ।
‘सीमाको रक्षा र आफ्ना नागरिकको सुरक्षाका लागि अनेरास्ववियुको टोली बोरा, माटो र बेल्चा बोकेर श्रमदानका लागि सुस्ता पुगेको थियो, ’उहाँले भन्नुभयो । स्थानीय बासिन्दाको पीडामा साथ दिन विद्यार्थी नेताहरू सुस्तामा खटिएको न्यौपानेले बताउनुभयो । ‘राष्ट्रिय सार्वभौमिकता र सीमा रक्षाका लागि उभिने यो दृढता नै हाम्रो राष्ट्रियताको अडान हो, ’उहाँले भन्नुभयो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud