Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • कोटहीमाईमा कक्षा १२ का १२० विद्यार्थी सम्मानित, ४ जना उत्कृष्टलाई साइकल उपहार

कोटहीमाईमा कक्षा १२ का १२० विद्यार्थी सम्मानित, ४ जना उत्कृष्टलाई साइकल उपहार

कोटहीमाईमा कक्षा १२ का १२० विद्यार्थी सम्मानित, ४ जना उत्कृष्टलाई साइकल उपहार

८ भाद्र २०८३, सोमबार १०:२५
८ भाद्र २०८३, सोमबार १०:२५

कोटहीमाई गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने महानुभावहरूलाई सम्मान गरिएको थियो। शैक्षिक सत्र २०८३ को कक्षा १२ परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई साइकल हस्तान्तरण गरिएको थियो।

सम्मानित हुने उत्कृष्ट विद्यार्थीहरूमा श्री मर्यादपुर माध्यमिक विद्यालयबाट ३.७ जीपीए ल्याउने सीता कुमारी पाल, श्री मर्चवार आदर्श माध्यमिक विद्यालयबाट ३.११ जीपीए ल्याउने गुडिया गुप्ता बनिया, श्रीराम माध्यमिक विद्यालयबाट ३.११ जीपीए ल्याउने साधना यादव तथा श्री बोगडी माध्यमिक विद्यालयबाट २.९४ जीपीए ल्याउने अशोक यादव रहनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले राहुल यादवको सामाजिक कार्यको उच्च प्रशंसा गर्नुभयो। उहाँले जनताको सुखदुःखमा निरन्तर साथ दिँदै आएका राहुल यादवलाई आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट कोटहीमाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन सकिने उद्घोष गर्नुभयो। ‘गाउँपालिकाको समग्र विकासका लागि उहाँजत्तिको प्रतिबद्ध नेतृत्व आवश्यक छ,’ अध्यक्ष यादवले भन्नुभयो।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका राहुल यादवले विद्यार्थीहरूको मनोबल उच्च बनाउन मर्चवार क्षेत्रका अन्य पालिकाहरूमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रम निरन्तर विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।

‘हाम्रो पालिका बनाउन बाहिरबाट कोही आउँदैन, हामी आफैँले हातेमालो गर्नुपर्छ,’ यादवले भन्नुभयो, ‘विद्यार्थीहरूलाई सही समयमा उचित परामर्श र प्रेरणा दिन सके उनीहरूले देशकै नाम उज्यालो बनाउन सक्छन्। विद्यार्थीका हरेक समस्या समाधानमा मेरो निरन्तर साथ रहनेछ।’










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud