Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • मदिरा व्यवसायी संघद्वारा बाढीबाट प्रभावित नागरिकलाई सहयोग

मदिरा व्यवसायी संघद्वारा बाढीबाट प्रभावित नागरिकलाई सहयोग

मदिरा व्यवसायी संघद्वारा बाढीबाट प्रभावित नागरिकलाई सहयोग

१६ भाद्र २०८३, मंगलवार १६:५६
१६ भाद्र २०८३, मंगलवार १६:५६


भैरहवा, १६ भदौ । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले बाढीप्रभावितको राहतका लागि आर्थिक सहयोग गरेको छ। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि मंगलबार १ लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको संघका अध्यक्ष यादव पोख्रेलले बताउनुभयो ।
अध्यक्ष पोख्रेलका अनुसार नेपाल मदिरा व्यवसायी महासंघमा पठाइएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
मदिरा व्यवसायी संघ भैरहवाका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, व्यवसायी लगायतबाट संकलित रकम बाढीप्रभावितको सहयोगका लागि रकम प्रदान गरिएको संघका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेयले बताउनुभयो ।
मदिरा व्यवसायी संघ भैरहवाले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु गर्दै आएको महासचिव सुन्दर भण्डारीले बताउनुभयो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud