Logo

१८ कार्तिक २०८३, मंगलवार

  • Uncategorized
  • लुम्बिनी विकास कोषको कर्मचारी भर्नामा स्थानीयलाई प्राथमिकता दिन सांसद कन्हैया बनियाको माग

लुम्बिनी विकास कोषको कर्मचारी भर्नामा स्थानीयलाई प्राथमिकता दिन सांसद कन्हैया बनियाको माग

लुम्बिनी विकास कोषको कर्मचारी भर्नामा स्थानीयलाई प्राथमिकता दिन सांसद कन्हैया बनियाको माग

६ आश्विन २०८३, मंगलवार ०९:१७
६ आश्विन २०८३, मंगलवार ०९:१७

रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले लुम्बिनी विकास कोषमा कर्मचारी भर्ना गर्दा स्थानीय बासिन्दालाई पहिलो प्राथमिकता दिन सरकारसँग जोडदार माग गर्नुभएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बनियाले स्थानीय जनताको प्रत्यक्ष समन्वय, सहकार्य र सहभागिताबाट मात्रै दिगो विकास सम्भव हुने बताउनुभयो। लुम्बिनी क्षेत्रको समग्र विकासमा स्थानीय अपनत्व वृद्धि गर्न पनि कर्मचारी भर्ना प्रक्रियामा सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो।

सांसद बनियाले योग्यता, दक्षता र क्षमताका आधारमा स्थानीयवासीलाई प्राथमिकता दिई कर्मचारी पदपूर्ति गर्न सरकार तथा सरोकारवाला निकायसँग आग्रह गर्नुभयो। स्थानीय स्तरमा दक्ष जनशक्ति हुँदाहुँदै बाहिरबाट मात्र पदपूर्ति गरिँदा स्थानीयमा निराशा छाउने भएकाले स्थानीय सहभागिता अनिवार्य रहेको उहाँले स्पष्ट पार्नुभयो।

यसैगरी, संसद्मा सम्बोधन गर्दै सांसद बनियाले सरकारले विभिन्न मुलुकका लागि राजदूत सिफारिस तथा नियुक्ति प्रक्रियामा निष्पक्ष र योग्यतामा आधारित पद्धति अपनाएको भन्दै सरकारको कार्यसम्पादनको प्रशंसा समेत गर्नुभयो।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud