Logo

१६ कार्तिक २०८३, आईतवार

  • Uncategorized
  • भैरहवामा बेवारिसे अवस्थामा भेटियो १४ लाख ८५ हजारको भन्सार छलीको कपडा

भैरहवामा बेवारिसे अवस्थामा भेटियो १४ लाख ८५ हजारको भन्सार छलीको कपडा

भैरहवामा बेवारिसे अवस्थामा भेटियो १४ लाख ८५ हजारको भन्सार छलीको कपडा

९ कार्तिक २०८३, आईतवार १८:५८
९ कार्तिक २०८३, आईतवार १८:५८

भैरहवा, ८ कार्तिक ।
रुपन्देही प्रहरीले भन्सार छलेर गैरकानूनी रूपमा नेपाल भित्र्याइएको झण्डै १५ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष गस्ती टोलीले शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बाट बेवारिसे अवस्थामा राखिएको उक्त मालसामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडाको अनुमानित बजार मूल्य १४ लाख ८५ हजार ७ सय ४० रुपैयाँ रहेको छ। सीमावर्ती भारतीय बजारबाट राजस्व चुहावट गरी अवैध बाटोबाट ल्याइएका यी कपडाहरू तस्करहरूले सिद्धार्थनगर–८ को एकान्त स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो।

बरामद सामग्रीहरूमा विशेष गरी जाडो मौसम लक्षित तयारी पोशाक रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार बरामद गरिएका कपडाहरूमा:

बच्चाको सुईटर: ८५० थान
टाउजर: २६५ थान
बच्चाको ज्याकेट: ८० थान
ठूलाको ज्याकेट: ६० थान
मोजा: ४५० जोर रहेका छन्।


प्रहरी निरीक्षक शाहका अनुसार खुला सीमा नाकाको फाइदा उठाउँदै सामान भित्र्याउने व्यक्तिहरूको पहिचानका लागि सूक्ष्म अनुसन्धान अघि बढाइएको छ। नियन्त्रणमा लिइएका सम्पूर्ण लत्ताकपडालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी भन्सार ऐनअनुसार भैरहवा भन्सार कार्यालय (बेलहिया) बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud