Logo

२० फाल्गुन २०८२, बुधबार

  • Uncategorized
  • लायन्स सिद्धार्थनगर र लोटसद्वारा निःशुल्क आँखा परीक्षण

लायन्स सिद्धार्थनगर र लोटसद्वारा निःशुल्क आँखा परीक्षण

लायन्स सिद्धार्थनगर र लोटसद्वारा निःशुल्क आँखा परीक्षण

२७ मंसिर २०८२, शनिबार १४:११
२७ मंसिर २०८२, शनिबार १४:११

भैरहवा, २७ मंसिर । लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले संयुक्त रुपमा निःशुल्क आँखा परीक्षण कार्यक्रम गरेका छन् । क्लबले शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री विन्ध्यावासिनी मिशुजु आधारभूत विद्यालयमा कार्यक्रम गरिएका थिए ।

लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्यका अनुसार कार्यक्रममा ९२ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ४४ जनालाई औषधी र ७ जनालाई चश्मा वितरण गरिएको थियो । यस्ता कार्यक्रमले आँखाको हेरचाह गर्नुपर्छ भन्ने विद्यार्थीहरुमा सचेतना अभिवृद्धि गर्ने र रोगको पहिचान गर्न सहयोग पुर्याउने अध्यक्ष आचार्यले जानकारी दिनुभयो। 

कार्यक्रमको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले सामाजिक कामको धेरै महत्व रहेको बताउनुभयो । उहाँले समाज रुपान्तरणको पहिलो खुड्किलो लायन्स क्लब रहेको महसुस गरेको बताउनुभयो । विगतमा लायन्स धनीको संस्था हो भन्ने मानसिकता परिवर्तन भएको छ, ’उहाँले भन्नुभयो–‘लायन्सबाट यस्तो कार्यक्रमबाट धेरै कुरा सिक्न सकिन्छ ।’










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud