भैरहवा, ६ फागुन । रुपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहरालाई समर्थन रहेको घोषणा गर्नुभएको थियो आफ्नो घोषणापट पत्र पनि सार्वजनिक गर्नुभएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिइ हालसम्म भण्डारी भण्डारीले पत्रकार सम्मेलन गरी आफू चाहिँ समर्थन मात्रै गर्ने पार्टी प्रवेश नगरेको जानकारी दिनुभयो। प्रचारप्रसार गरिरहेको तर आफ्नो उम्मेदवारी त्याग गरी राप्रपा उम्मेदवार बोहरालाई विजयी गराउन सघाउने निर्णय गरेको बताउनुभयो । ‘म आबद्ध केही धार्मिक संघ–संस्थाका महानुभावहरु त्था मेरा घरपरिवार, शुभेच्छुक, इष्टमित्रहरु ल्गायतले एउटै नीति, विचार र दृष्टिकोण लिएको राप्रपाले यस क्षेत्रमा वरिष्ठ पाइलट जस्तो शिक्षित र विशिष्ट उम्मेदवरा बनाएका कारण उहाँलाई सहयोग र समर्थन गरी विजय गराउन दिएको सल्लाह–सुझावलाई आत्मसात गरी मैले गौरव बोहरालाई सघाउने निर्णय गरेको छु, ’उहाँले भन्नुभयो ।

यसका साथै वैदिक सनातन हिन्दू राष्ट्रसहितको राजसंस्था पुनस्र्थाना, संघीयताको खारेजी तथा २०४६ सालदेखि हालसम्म भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्ने नीति र सिद्वान्त लिएको राप्रपाका उम्मेदवारहरुलाई विजय गराउन उहाँले सबैमा अनुरोध समेत गर्नुभयो । हाल आफू कुनै पार्टीमा प्रवेश नगरेको र पूर्ण स्वतन्त्र रुपमा नै राप्रपाका उम्मेदवारलाई समर्थन तथा








