Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • राप्रपामै प्रवेश गरे अजय गुप्ता, गौरव बोहराले गरे स्वागत

राप्रपामै प्रवेश गरे अजय गुप्ता, गौरव बोहराले गरे स्वागत

राप्रपामै प्रवेश गरे अजय गुप्ता, गौरव बोहराले गरे स्वागत

१५ फाल्गुन २०८२, शुक्रबार १०:१९
१५ फाल्गुन २०८२, शुक्रबार १०:१९

भैरहवा, १४ फागुन । २०८२ वैशाख ३० गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्नुभएका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता पुनः पार्टीमा फर्कनुभएको छ । गुप्तालाई बिहीबार भैरहवामा आयोजित कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार क्याप्टेन गौरव बोहरा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणालगायतले पार्टीमा स्वागत गर्नुभएको हो ।

उहाँले नेपालको राजनीति अहिले गम्भिर मोडमा रहेको बताउनुभयो । गुप्ताले राजसंस्था र हिन्दूराष्ट पुर्नस्थापनाका लागि हामी अगाडि बढेको बताउनुभयो । ‘राप्रपा आफ्नो एजेण्डामा स्पष्ट छ, राप्रपा मेरो पुरानो पार्टी हो, ’उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेता गुप्ताले विगत ८ वर्षदेखि आफू राप्रपामा क्रियाशील भएको बताउनुभयो । ‘९ महिनापछि पार्टीको सक्रिय राजनीतिमा फर्किएको छु, हिजोको दिनमा हामी के कारणले टाढा भयौं, त्यो पछिको कुरा हो । जेनजी आन्दोलनपछि धेरै कुरा जलेर गयो, त्यसमा रिस, खराब विचारहरु, देश, समाजप्रति गलत मानसिकता पनि जलेर गएका छन् । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा राप्रपाले बोकेको एजेण्डा राजसंस्था र हिन्दूराष्ट मेरो पनि एजेण्डा हो, ’गुप्ताले जानकारी गराउनु भयो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud