Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले तस्करी नियन्त्रणमा सक्रिय

प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले तस्करी नियन्त्रणमा सक्रिय

प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले तस्करी नियन्त्रणमा सक्रिय

२१ चैत्र २०८२, शनिबार १४:४९
२१ चैत्र २०८२, शनिबार १४:४९

भैरहवा, २१ चैत । रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेल्न र अवैध क्रियाकलापको विरोध गर्न अपील गर्नुभएको छ । उहाँले स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिन समेत आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद बनियाले सीमा नाका क्षेत्रका नागरिक समक्ष यस्तो अपील गर्नुभएको छ । ‘म प्रतिनिधि सभा सदस्यको हैसियतले, हाम्रो सीमा नाका क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपील गर्दछु कि हाम्रो भूमि केवल सिमाना होइन, यो राष्ट्रको सम्मान र स्वाभिमानको ढोका हो । यहाँबाट देशमा भित्रिने हरेक गतिविधिले राष्ट्रको छवि निर्माण गर्छ । त्यसैले, केही व्यक्तिको गलत क्रियाकलापका कारण हाम्रो क्षेत्र ‘तस्करीको केन्द्र’ भनेर चिनिनु हामी सबैका लागि पीडादायी विषय हो, ’उहाँले बताउनुभयो।

खुला सिमानाको संवेदनशीलताले राष्ट्रलाई चुनौती दिइरहेको यस घडीमा सीमा नाका क्षेत्र हुँदै भइरहेको तस्करी नियन्त्रण गर्नु केवल सरकारको मात्र नभइ सबै नागरिकको साझा जिम्मेवारी पनि हो। उहाँको भनाइ छ । उहाँले देशमा शान्ति, सुशासन र समृद्धि स्थापना गर्नका लागि अवैध आयात–निर्यातलाई रोक्दै स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन गर्नु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud