Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • बेलहियामा लागूऔषध नियन्त्रण अभियान गठन

बेलहियामा लागूऔषध नियन्त्रण अभियान गठन

बेलहियामा लागूऔषध नियन्त्रण अभियान गठन

२४ चैत्र २०८२, मंगलवार १०:३५
२४ चैत्र २०८२, मंगलवार १०:३५

भैरहवा, २३ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियामा लागूपदार्थ दुरुपयोग तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले ‘लागूऔषध नियन्त्रण अभियान’ गठन गरिएको छ । शनिबार बेलहिया गाउँ समाजको पहलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सुमन शर्माको अध्यक्षतामा उक्त समूह

बेलहियामा क्रियाशील विभिन्न संघ–संस्था तथा क्लबका अध्यक्षहरूलाई समेटेर ६५ सदस्यीय समूह निर्माण गरिएको स्थानीय माधव शर्माले जानकारी दिनुभयो।
नवगठित समूहले नेपालका विभिन्न स्थानबाट लागूपदार्थ सेवन तथा खरिद–विक्रीका लागि भारतीय क्षेत्रतर्फ हुने आवतजावतमा कडाइका साथ निगरानी गर्ने, चेकजाँचलाई प्रभावकारी बनाउने तथा यस्ता गतिविधि नियन्त्रणमा ध्यान केन्द्रित गर्ने लक्ष्य लिएको अध्यक्ष शर्माले बताउनुभयो । उहाँले बाहिरी क्षेत्रबाट आएर लागूपदार्थ सेवन गर्दा बेलहियाको छविमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न पनि समूहले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो थिए।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud