Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर होटल पौवा स्वाद उत्सव र लगानी सम्मेलन

नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर होटल पौवा स्वाद उत्सव र लगानी सम्मेलन

नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर होटल पौवा स्वाद उत्सव र लगानी सम्मेलन

२४ चैत्र २०८२, मंगलवार १६:४९
२४ चैत्र २०८२, मंगलवार १६:४९

भैरहवा, २४ चैत । होटल पौवा प्रा.लि.ले १० वर्ष पूरा गरेको छ । १० वर्षअघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको पौवाले १० वर्षे यात्रा पूरा गरेको छ ।नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश–विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिदै आएको होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गरिएको छयही चैत २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आदानप्रदान गर्ने कार्यक्रम राखिएको थियो होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो। । कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको भण्डारीले बताउनुभयो । पौवाको उत्कृष्ट आतिथ्यलाई स्वीकार गर्दै आमन्त्रित सबै महानुभावहरू उत्सवमा सहभागी हुनुहुने उहाँको अपेक्षा गरेको छ । 
एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो । ‘मिसन १००’ संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्राण्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको होटल पौवा भैरहवा शाखाका महाप्रबन्धक खरेलले बताउनुभयो । ‘मिसन १००’ अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा उक्लिने दिशामा अघि बढ्ने योजना रहेको छ । 
नेपाली कला संस्कृति र परम्परालाई बिबिध कार्यक्रमहरु मार्फत प्रबद्र्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि बिशेष कार्यक्रम गर्ने तयारी गरेको खरेलले जानकारी दिए । नयाँवर्षको स्वागतमा चैत्र ३० गतेको साँझ पौवाका अधिकांश शाखाहरुमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक कार्यक्रम सहित ‘शुभकामना साँझ—२०८३’आयोजना हुने उनले बताए ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud