Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • माइती नेपालले ३४ औं वर्षमा प्रवेश

माइती नेपालले ३४ औं वर्षमा प्रवेश

माइती नेपालले ३४ औं वर्षमा प्रवेश

२४ चैत्र २०८२, मंगलवार १९:४०
२४ चैत्र २०८२, मंगलवार १९:४०

भैरहवा, २४ चैत । माइती नेपाल आवधिक गृह भैरहवाले मंगलबार आज ३४ औं स्थापना दिवस मनाएको छ । वार्षिक उत्सवको अवसरमा संस्थाले भैरहवामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष बसुन्धरा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मानव बेचविखन तथा रूपन्देही जिल्लास्थित नेपाल-भारत सीमा तथा भारतबाट समेत उद्धार गरी ल्याइएकाहरु तथ्यांकमा समेटिएको अन्तरक्रिया तथा छलफल भएको हो । 

कार्यक्रममा सहभागी किशोरकिशोरी तथा वैदेशिक रोजगारी र विवाहको नाममा परिवारलाई थाहै नदिई भारत जानेहरू हराएको भनेर आफन्तले भन्ने गर्नुहुन्छ’ भने- ‘हराउनेहरू अधिकांश महिला हुने गरेका छन् । खोज्दै जाँदा कतिपय मानव बेचबिखन गर्ने गिरोहको शिकार भएको पाइन्छ भने कतिपय अलपत्र परेर भौतारिरहेको अवस्थामा भेटिनुहुन्छ ।’ संस्थाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो । उहाँले मानव बेचविखन कसरी हुन्छ, कसरी जोगिन सकिन्छ, कानूनी व्यवस्था के छन्, महिला तथा बालबालिकाको बेचबिखनको स्थिति, सामाजिक संजालको दुरुपयोग जस्ता विविध विषयमा प्रष्टाउनुभएको थियो । 










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud