Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • दिगो फोहोर व्यवस्थापनको लागि जग्गा गर्न जुटे तिनाउ पश्चिमका वडाहरु

दिगो फोहोर व्यवस्थापनको लागि जग्गा गर्न जुटे तिनाउ पश्चिमका वडाहरु

दिगो फोहोर व्यवस्थापनको लागि जग्गा गर्न जुटे तिनाउ पश्चिमका वडाहरु

२६ चैत्र २०८२, बिहीबार १०:५८
२६ चैत्र २०८२, बिहीबार १०:५८

बुटवल, २६ चैत । रुपन्देहीको बुटवलमा फोहोरमैला व्यवस्थापनको समस्या जटिल बन्दै गएपछि वडा तहबाटै दीर्घकालीन समाधान खोज्ने पहल सुरु भएको छ । तिनाउ पश्चिम क्षेत्रका वडाहरूले ल्याण्डफिल्ड साइट निर्माणका लागि उपयुक्त जग्गा खोज्न सक्रिय रूपमा छलफल थालेका छन् । तिनाउ पश्चिमको फोहोर तिनाउ पश्चिमकै वडामा व्यवस्थापन गर्ने लक्ष राखिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ र ८ ले शिवनगर सामुदायिक वन क्षेत्रमा फोहोर प्रशोधनसहितको व्यवस्थापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइसकेका छन् । तर, अन्य वडाबाट संकलित फोहोर भने तिनाउ नदी किनार मजुवामा फालिँदै आएको छ । केही दिनअघि स्थानीयबासीको विरोधका कारण त्यहाँ तनाव उत्पन्न भइ फोहोर संकलन र व्यवस्थापन कार्य अवरुद्ध भएको थियो । पछि उपमहानगरपालिका र स्थानीयबीच सहमति भएपछि पुनः सेवा सुचारु गरिएको छ यता तिनाउ पश्चिमका वडा नम्बर १२ र १३ ले आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने उद्देश्यसहित ल्याण्डफिल्ड वा डम्पिङ साइट निर्माणका लागि जग्गा खोजी तीव्र पारेका छन् । यस अभियानमा साविक सेमलार गाविस अन्तर्गतका वडा १४, १५ र १६ समेत समावेश हुने सम्भावना रहेको जनाइएको छ । वडा नम्बर १२ तामनगरस्थित कोरियन टेक्निकल इन्ष्टिच्युटको उत्तरतर्फ रहेको चारपाला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा प्रारम्भिक अध्ययन सुरु गरिएको छ । साथै ढवाहस्थित मिलनपार्कको उत्तरतर्फको वन क्षेत्रमा पनि उपयुक्त जग्गा रहेको दावी गरिएको छ । 










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud