Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • मन्दिरलाई वाटर डिस्पेन्सर हस्तान्तरण

मन्दिरलाई वाटर डिस्पेन्सर हस्तान्तरण

मन्दिरलाई वाटर डिस्पेन्सर हस्तान्तरण

१३ बैशाख २०८३, आईतवार १५:२६
१३ बैशाख २०८३, आईतवार १५:२६

भैरहवा, १३ वैशाख । हिन्दू जागरण नेपाल सिद्धार्थनगर शाखा तथा महिला सत्य सनातन धर्म संघ (राधे परिवार) रुपन्देहीले भैरहवास्थित नारायणस्थान मन्दिरलाई तातो–चिसो फिल्टरसहितको वाटर डिस्पेन्सर (पानी ट्यांकी) हस्तान्तरण गरेका छन् । शनिबार मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण तथा जडान गरिएको हो
सो अवसरमा बोल्दै वडाअध्यक्ष राणाले पानी खुवाउने जस्तो पवित्र कर्म गर्ने दुवै संस्थालाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले यो अनुसरणीय कार्यलाई अन्य संघ–संस्थाहरुले पनि अवलम्बन गर्दै जानुपर्नेमा जोड दिनुभयो। रुपन्देही आफैमा धेरै गर्मी र धेरै जाडो हुने ठाउँ भएको र नारायणस्थान मन्दिर यहाँका पुरानो र धार्मिक आस्थाले महत्वपूर्ण स्थान रहेकोले हिन्दू जागरण नेपाल सिद्धार्थनगर शाखा तथा महिला सत्य सनातन धर्म संघ (राधे परिवार)को उहाँले प्रशंसा गर्नुभयो
हिन्दू जागरण नेपाल सिद्धार्थनगरको अध्यक्ष माधवी शर्मा वाग्ले र राधे परिवारको अध्यक्ष विपना गौतमको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजनजंग राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
विशिष्ट अतिथि उषाकिरण गुरुङ्ग र बाबुराम के.सी.ले यस्तो पवित्र कार्यमा सहभागी पाउँदा गर्वको अनुभुति भएको बताउनुभयो । कार्यक्रममा वाटर डिस्पेन्सर हस्तान्तरका साथ साथै हरेक शनिबार भजनकिर्तन कार्यक्रमको आयोजना गर्ने भैरहवा भजन टोलीलाई समेत नगद हस्तान्तरण गरिएको हिन्दू जागरण नेपालका केन्द्रिय सदस्य नारायण प्रसाद कोइरालाले जानकारी दिनुभयो । कार्यक्रम लक्ष्मी अर्यालको स्वागत तथा नारायण प्रसाद कोइरालाको सञ्चालनमा भएको थियो । कार्यक्रम उद्देश्यका बारेमा जानकारी माधवी शर्मा र विपना गौतमले सहयोगदाता तथा सबैलाई धन्यवादसहित कार्यक्रमको समापन गरिएको थियो । 
कार्यक्रममा पुर्णनन्द पन्थलगायत उहाँका परिवारले प्रसाद वितरण गर्नुभएको थियो 
सो अवसरमा बोल्दै वडाअध्यक्ष राणाले पानी खुवाउने जस्तो पवित्र कर्म गर्ने दुवै संस्थालाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले यो अनुसरणीय कार्यलाई अन्य संघ–संस्थाहरुले पनि अवलम्बन गर्दै जानुपर्नेमा जोड दिनुभयो। रुपन्देही आफैमा धेरै गर्मी र धेरै जाडो हुने ठाउँ भएको र नारायणस्थान मन्दिर यहाँका पुरानो र धार्मिक आस्थाले महत्वपूर्ण स्थान रहेकोले हिन्दू जागरण नेपाल सिद्धार्थनगर शाखा तथा महिला सत्य सनातन धर्म संघ (राधे परिवार)को उहाँले प्रशंसा गर्नुभयो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud