Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • अरनिको सहकारीद्वारा बालगृहलाई आर्थिक सहयोग

अरनिको सहकारीद्वारा बालगृहलाई आर्थिक सहयोग

अरनिको सहकारीद्वारा बालगृहलाई आर्थिक सहयोग

१४ बैशाख २०८३, सोमबार १२:१६
१४ बैशाख २०८३, सोमबार १२:१६

भैरहवा, १४ वैशाख । अरनिको बहुउद्देश्यीय सहकारी संस्था लि. सिद्धार्थनगर –९ रुपन्देहीले मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थ बाल गृहलाई आर्थिक सहयोग गरेको छ । 
संस्थाको २५ औं स्थापना दिवसको अवसर सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतबार बालगृहलाई नगद २२ हजार ६ सय ३० रुपैयाँ हस्तान्तरण गरिएको सचिव मदन पौडेलले बताउनुभयो । सचिव पौडेलका अनुसार संस्थाकोतर्फबाट ११ हजार र शेयर सदस्यहरुबाट संकलित ११ हजार ६ सय ३० गरी २२ हजार ६ सय ३० रुपैयाँ बालगृहको सञ्चालक कृष्णमाया गुरुङलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा संस्थाका शेयर सदस्य सृष्टि सैंजु श्रेष्ठले आफ्नी छोरी एरिशा श्रेष्ठको हातबाट बालगृहलाई खाद्यान्न सामग्री समेत हस्तान्तरण गर्नुभएको थियो ।
अरनिको बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षता, उपाध्यक्ष उमकला पौडेलको स्वागत तथा सचिव मदन पौडुेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा त्रिलोकी प्रसाद तेली, लता पोखरेल लगायतले भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद मरासिनी, लेखा सुपरीवेक्षण समिति संयोजक राम प्रसाद श्रेष्ठ, सञ्चालक सदस्य टंक प्रसाद आचार्य, निर्मला सापकोटा लगायतको उपस्थिति थियो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud