Logo

१ आश्विन २०८३, बिहीबार

  • Uncategorized
  • महासंघको उपाध्यक्षमा शर्मा विजयी

महासंघको उपाध्यक्षमा शर्मा विजयी

महासंघको उपाध्यक्षमा शर्मा विजयी

२३ बैशाख २०८३, बुधबार १०:११
२३ बैशाख २०८३, बुधबार १०:११

भैरहवा ।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा लुम्बिनी प्रदेशका स्थापित व्यवसायी कृष्णप्रसाद शर्मा जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शर्माले ८७ मत प्राप्त गरी उपाध्यक्ष पदमा आफ्नो स्थान सुरक्षित गरेका हुन

नवनिर्वाचित उपाध्यक्ष शर्मा अञ्जन श्रेष्ठ समूहबाट चुनावी मैदानमा उत्रिएका थिए। यस जितसँगै महासंघको नेतृत्व तहमा अञ्जन श्रेष्ठ समूहको उपस्थिति बलियो देखिएको छ। विशेषगरी कृष्णप्रसाद शर्माको विजयलाई रुपन्देहीसहित लुम्बिनी प्रदेशकै व्यावसायिक क्षेत्रका लागि एउटा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
शर्माको व्यावसायिक र सांगठनिक यात्रा निकै लामो र प्रभावशाली रहेको छ। उनी यसअघि लगातार दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षका रूपमा नेतृत्व सम्हालिसकेका अनुभवी व्यक्तित्व हुन्। वि.सं. २०६७ देखि हालसम्म निरन्तर महासंघको केन्द्रीय कार्यकारिणी सदस्यका रूपमा कार्यरत शर्माले यसअघि लुम्बिनी अञ्चलको तर्फबाट समेत दुई वर्ष कार्यकारिणी सदस्यको भूमिका निर्वाह गरेका थिए।

जिल्ला र नगर स्तरमा उनको योगदानको जग सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीबाट सुरु भएको देखिन्छ। उनले वि.सं. २०५१ देखि २०५८ सम्म कार्यसमिति सदस्यका रूपमा काम गरेर सांगठनिक अनुभव बटुलेका थिए। त्यसपछि क्रमशः २०५८ देखि २०६० सम्म कोषाध्यक्ष, २०६० देखि २०६२ सम्म उपाध्यक्ष र २०६२ देखि २०६४ सम्म सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्ष बनेर कुशलतापूर्वक नेतृत्व प्रदान गरेका थिए।
शर्माकाे यो विजयले जिल्ला-नगरका उद्योगी व्यवसायीका समस्यालाई केन्द्रसम्म पुर्‍याउन र नीतिगत सुधारका लागि दबाब दिन थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ। साढे तीन दशक लामो समयदेखि व्यावसायिक संघ-संगठनमा सक्रिय शर्माको अनुभवले आगामी दिनमा महासंघको गरिमा र व्यवसायीहरूको हकहित संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud