वर्षात लक्षित विद्युत पाेल अनुगमन गर्दै लुम्विनी सांस्कृतिक नगरपालिकालुम्विनी।रूपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिकाले वर्षात लक्षित विद्युत पाेल अनुगमन गरेकाे छ।वर्षातकाे समयमा विद्युतकाे खम्बा ढलेर करेन्ट लागेर मानिस तथा पशुचाैपायालाइ समस्या नहाेस उदेश्यले लुम्विनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले १२ का वडाध्यक्ष हरिकेश लाेध र विद्युत प्रधिकरणका प्रमुख सहित विद्युत सुधार अनुगमन गरेकाे बताइन।विद्युतकाे करेन्ट धेरै खतरनाक रहेकाेले सब भन्दा पहिला विद्युतकाे काम ढलेकाे खम्बा छिट्टै सुधार गर्ने तयारी भइरहेकाे उनले भनिन।








