Logo

१ आश्विन २०८३, बिहीबार

  • Uncategorized
  • रोहिणीमा लागूऔषध तथा ट्राफिक सचेतनामूलक कार्यक्रम

रोहिणीमा लागूऔषध तथा ट्राफिक सचेतनामूलक कार्यक्रम

रोहिणीमा लागूऔषध तथा ट्राफिक सचेतनामूलक कार्यक्रम

२४ बैशाख २०८३, बिहीबार ०६:४६
२४ बैशाख २०८३, बिहीबार ०६:४६

भैरहवा, २३ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिका–४ स्थित पिछपागढ माध्यमिक विद्यालयमा लागूऔषध तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी–४ को आयोजना तथा इलाका प्रहरी कार्यालय धकधईको सहकार्यमा एकदिने कार्यक्रम भएको हो ।सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताको अध्यक्षता तथा रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय, धकधईका प्रमुख प्रहरी निरीक्षक रामभक्त भट्टराईले सहजीकरण गर्नुभएको थियोसमुदाय–प्रहरी साझेदारी अन्तर्गत भएको कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले प्रहरीसँगको सहकार्यमा लागूऔषध दुव्र्यसनी र ओसारपसार न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।छिपागढ माविका सहायक प्राचार्य अहमद अलि अन्सारी र मीना पाण्डेको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud